होमपेज / राजनीति
काठमाडोँ। नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ। बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावललाइ कारवाही गर्न केन्द्रमा सिफारिस गरेको जानकारी प्राप्त भएको छ।
उनले पार्टी आचरण विरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको समाचार प्राप्त भएको छ । यसअघि राजधानी काठमाडौंमै भएको सुदूरपश्चिमका ओली पक्षीय नेताहरुको भेलामा पनि सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले नेता रावलले ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए।