ट्रेण्डिङ

होमपेज / राजनीति

लालटिन बालेर दिउँसै प्रधानमन्त्री ओलीलाइ खोजेका हुन त प्रचण्ड–नेपाल समूहले?

बासु देब न्याैपाने २०७७ पौष २२ गते बुधबार १४:५१:५९ मा प्रकाशित

काठमाडाैँ। प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्।रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन बालेर विरोध प्रदर्शन गरेको हो।

‘प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित लालटिन जुलुस निकालेका हुन् ।जुलुस प्रदर्शनमा दिउँसै लालटिन बाल्यौँ है संसद विघटनको धारा खै’ प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा लगाएका थिए । सहसंयोजक तामाङले सभालाई सम्बोधन गर्दै संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने जानकारी दिएका छन् ।पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top