ट्रेण्डिङ

होमपेज / राजनीति

संसद् विघटनविरुद्ध अनेरास्ववियुले काठमाडौँमा निकाल्यो लालटिन जुलुस

नेपालगाथा २०७७ पौष २२ गते बुधबार १४:१२:३१ मा प्रकाशित

काठमाडौँ । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ । माइतीघरबाट सुरु भएको जुलुस बानेश्‍वरमा गएर कोणसभामा परिणत हुने विद्यार्थी नेताहरुले बताएका छन् ।  उनीहरुले ‘दिउँसै लालटिन बाल्यौँ है, संसद् विघटनको धारा खै ?’नारा लगायत ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।

संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै दाहाल नेपाल समुहमा रहेका अनेरास्ववियुको एउटा समूह सडकमा आएको हो । रन्जित तामाङले नेतृत्व गरेको अनेरास्ववियुले बुधबार माइतीघर मण्डलमा प्रधानमन्त्रीले दिउँसै रात पारेको भन्दै उज्यालोको खोजीमा लालटिन जलाउनुपरेको विद्यार्थीहरूले बताएका छन् ।

अनेरास्ववियुले सरकारको पछिल्लो कदमविरुद्ध हिजो (मंगलबार) मात्र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top