होमपेज / राजनीति
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ।संवैधानिक इजलासमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यसअघिकै न्यायाधीशलाई निरन्तरता दिएका छन्।
संवैधानिक इजलासमा सुरुमै सुनुवाइ हुने गरी पेसी तोकिएको छ । इजलासमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । यी सबै न्यायाधीश यसअघि नै इजलासमा रहेका न्यायाधीश हुन् ।पुस १० गते प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो।
राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो । सो विघटन नेपालको संविधानको विभिन्न धाराविपरीत भएको दाबी गरी सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनहरुको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।