ट्रेण्डिङ

होमपेज / राजनीति

आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ

बासु देब न्याैपाने २०७७ पौष २२ गते बुधबार ०८:३२:५५ मा प्रकाशित

काठमाडौँ। प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्कालअघिका सदस्यहरुको दलको नाम, संख्यासहितका सम्पूर्ण विवरण आदेशबमोजिम संसद् सचिवालयले मंगलबार सर्वोच्च अदालत पठाएको छ ।ती रिट निवेदकहरुको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

पुस १० गते प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो। राष्ट्रपतिबाट  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो । सो विघटन नेपालको संविधानको विभिन्न धाराविपरीत भएको दाबी गरी सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनहरुको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top