ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा

बासु देब न्याैपाने २०७७ पौष २१ गते मंगलबार १४:२७:२६ मा प्रकाशित

काठमाडाैँ। नेकपा दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।आज बिहान  काठमाडौँमा अनेरास्ववियूले पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

 पौष २१ गतेदेखि अनेरास्ववियुले सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ । पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिट्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह(संयोजक रञ्जित तामाङले बताए। 

त्यसैगरी, पौष २५ गते सडक बहस कार्यक्रम गर्ने, पौष २६ गते बयलगाडा प्रदर्शन गर्ने, पौष २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पौष २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पौष २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top