ट्रेण्डिङ

होमपेज / राजनीति

पत्नी सीताको उपचार गर्न आज मुम्बई जाँदै अध्यक्ष प्रचण्ड

नेपालगाथा २०७७ पौष २० गते सोमबार १०:४४:३३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार भारत जाने भएका छन्। अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारततर्फ जान लागेका हुन् । यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top