ट्रेण्डिङ

होमपेज / राजनीति

‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा केही व्यक्तिहरुले पचाउन सकेन : केपी शर्मा ओली

नेपालगाथा २०७७ पौष १९ गते आइतबार १९:०६:२२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा केही व्यक्तिहरुले पचाउन नसकेको आरोप लगाएका छन्। अनेरास्ववियू (ओली पक्षले) आइतबार बबरमहलस्थित कार्की व्यान्क्विटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले विश्वभरका नेताहरुले सरकारको ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षाको प्रशंसा गर्ने गरेको दावी गरे।

‘सम्बृद्ध नेपाल र सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा पूरा गरेर छाड्छौँ। विदेशमा म जहाँ जान्छु, अथवा विदेशी मित्रहरु जो  नेपालमा आउनुहुन्छ, उहाँहरु सबैले भन्नुहुन्छ– नेपालको राष्ट्रिय आकांक्षा सही छ,’ प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहतर्फ  लक्षित गर्दै भने, ‘तर तपाईंहरुले हाम्रो पार्टीमा ठूलाठूला नेताहरुले सम्बृद्ध नेपाल सुखी नेपाली भनेको सुन्नुभएको छ? कहिल्यै भन्नुहुन्न उहाँहरु, किनकि उहाँहरुको मन जल्छ।’

उनीहरुले नेपाल सम्बृद्ध भएको हेर्न नसकेको आरोप ओलीले लगाए। ‘सम्बृद्धि सबैको हिस्सामा परोस्, पछाडि कोही नपरोस्, दुःखी दरिद्र भन्ने कोही नहोस्, असुरक्षित कोही नहोस्, सबै सम्मानित जीवन बाँच्न पाउन् भन्ने आकांक्षासँग उहाँहरुको वैरभाव किन होला? उहाँहरु कहिल्लै बोल्न सक्नुहुन्न। उहाँहरुको मुखले बोल्न सक्दैन, उहाँहरुको मनले त्यसलाई पचाउन सक्दैन, राष्ट्रको सम्बृद्धि सुन्न सक्नुहुन्न उहाँहरु।’

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन हुने ठोकुवा गर्दै आफूले चुनावमा अत्यधिक सफलता प्राप्त गर्ने दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top