होमपेज / राजनीति
काठमाडाैँ। नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। जसमा पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम छन्। गएको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै यसविरुद्ध सडक प्रदर्शन गरिरहेको छ ।