होमपेज / राजनीति
काठमाडौँ। सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । प्रतिनिधिसभा विघटनपछि असन्तुष्ट भएका दाहाल-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागेका हुन ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जानकारी प्राप्त भएको छ । हिजो जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन् ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य नगर्ने कुरा जनाउँदै आएको छ ।
संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो ।