ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री कार्यालयका सचिव ढकाललाई प्रतिष्ठानमा काज सरुवा

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार २०:४५:११ मा प्रकाशित

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव आनन्दराज ढकाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा काजमा पठाएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई काजमा पठाउने निर्णय गरेको हो ।

आउँदो साता अनिवार्य अवकाशमा जान लागेका सचिव ढकाललाई केही दिन अघि मात्रै लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top