होमपेज / राजनीति
राष्ट्रिय सभाको सातौं अधिवेशन भोलि अपराह्न ४ बजेदेखि शुरू हुँदैछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि पुस १७ गते शुक्रबार दिउँसो ४ बजे सम्माननीय राष्ट्रपतिज्यूले आह्वान गर्नुभएको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकको कार्यसूचीका लागि आवश्यक परामर्श गरेको छ।
भोली पुस १९ गतेदेखि बस्न लागेको राष्ट्रिय सभा अधिवेशनमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ।समितिको बिहीवार बसेको बैठकले कार्यसूची तय गरेको हो ।
जसअनुसार भोलिको बैठकमा निम्न विषयहरु प्रस्तुत हुनेछन्–
१.अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र
२. मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र
३. अध्यादेशहरु
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७
५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु
६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन