ट्रेण्डिङ

होमपेज / राजनीति

ओली नवतानाशाह भएको आरोप : रामकुमारी झाँक्री

नेपालगाथा २०७७ पौष १४ गते मंगलबार १७:५०:०७ मा प्रकाशित

सुर्खेत । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भएको आरोप लगाएकी छिन् । जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई ओलीले दुरुपयोग गरेको उनको तर्क छ । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाएको भन्दै संसद पुनःस्थापना हुने आश व्यक्त गरिन् ।

मंगलबार वीरेन्द्रनगरको विरोधसभालाई सम्बोधन गर्दै झाक्रीले भनिन्– हामीलाई अदालतप्रति भरोसा छ, संसद पुनःस्थापना हुन्छ । उनले कांग्रेसलाई पनि ओलीको लाइनमा हिँडेको आरोप लगाइन् । उनले कांग्रेसलगायत दललाई संसद विघटनविरुद्ध एकजुन हुन पनि आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top