होमपेज / राजनीति
काठमाडाैँ। सुर्खेतमा प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा प्रदर्शन गरिएको छ।
अहिले दिउँसो भइरहेको प्रदर्शनका क्रममा ओली पक्षीय नेता र कार्यकर्ताले ओलीका पक्षमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेत पनि उपस्थित छन । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेको सही छ भन्दै ओली पक्षीय नेता र कार्यकर्ताले ओलीका पक्षमा प्रदर्शन गरेका हुन्।