होमपेज / राजनीति
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३६ सांसदको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो अविश्वासको प्रस्तावमा प्रस्तावक छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको जानकारी आएको छ ।