ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा विभाजनप्रति चिनको चासो :किन नेपाल आउँदैछन कुओ येचौ नेतृत्वको उच्चस्तरीय टोली?

बासु देब न्याैपाने २०७७ पौष १२ गते आइतबार ०९:३८:४५ मा प्रकाशित

काठमाडाैा । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय टोली आज काठमाडौं आउँदै छन् । 

नेपालमा अप्रत्यासित रुपमा भएको संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनप्रति  छिमेकी मुलुक चीन  किन चिन्तित देखिएको छ ?चिन्ताकै बिच चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गहो येचौ आज नेपाल भ्रमणमा आउँदैछन् । अहिलेसम्म चीनले  नेपालको राजनीतिक घटनाक्रमको बारेमा  कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । समाचार स्रोतका अनुसार नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिन सो टोली काठमाडौं आउन लागेको हो ।

नेकपा विभाजनप्रति चीनको निकै नै चासो बढेको छ ।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको बिचमा एकता गराउन चीनले महत्वपूर्ण भूमिका निर्बाह गरेको थियो । अहिले नेकपा फुटको सँघारमा पुगेपछी चीन निकै चिन्तित देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top