ट्रेण्डिङ

होमपेज / राजनीति

सपथग्रहणपछि नवनियुक्त मन्त्रीहरु र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल

नेपालगाथा २०७७ पौष १० गते शुक्रबार २१:०९:२६ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त आठ मन्त्री र एकजना राज्यमन्त्री सपथग्रहण पछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बालुवाटारमा नवनियुक्त मन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भइरहेको स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँग दाहाल–नेपाल पक्षका सातजना मन्त्रीले राजीनामा दिएपछि मन्त्रिमण्डल पुनर्गठन गरिएको हो। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा नयाँ मन्त्री थप गर्नुका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन्।

नयाँ मन्त्रिपरिषद्‍मा ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी आएका छन् भने मणि थापा खानेपानीमन्त्री भएका छन्। प्रभु शाह सहरी विकास र प्रेम आले वनमन्त्री बनेका छन्। गणेश  ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ भने श्रममन्त्रीमा गौरीशंकर चौधरी आएका छन्। जुलीकुमारी महतोलाई महिला तथा बालबालिकामन्त्री बनाइएको छ।

दावा लामालाई युवा तथा खेलकुदमन्त्री बनाइएको छ। यसअघिका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई पदबाट हटाइएको छ। त्यस्तै उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि पदबाट हटाइएको छ। यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीलाई भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघिका महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top