होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक पुस १९ गतेसम्म स्थगित गरेको छ। प्रतिनिधिसभा विघटनबारे छलफल गर्न चार दिनदेखि जारी बैठक अब एकैपटक पुस १९ गते १ बजे बस्ने गरी स्थगित भएको हो। सर्वोच्च अदालतले विघटनविरुद्ध परेको रिट निवेदनहरुमाथि सुनुवाई गर्दै १९ गतेभित्र विघटन गर्नुको कारण र सक्कल काजगजात पेश गर्न आदेश दिएपछि कांग्रेसले पनि त्यहीँ दिनसम्म बैठक स्थगित गर्ने निर्णय गरेको हो।
पुस १३ गते सरकारको निर्णयविरुद्ध देश व्यापी प्रर्दशन गर्ने र १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय कांग्रेसले गरेको छ। संसद विघटनलाई हेर्ने दृष्टिकोणबारे कांग्रेसमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मतभेद उत्पन्न भएको छ।संस्थापन पक्ष सर्वोच्चको आदेशपछि मात्रै भावी रणनीति तय गरेर अघि बढ्नु पर्ने र पौडेल पक्ष तत्काल सडकमा गएर त्यहीँबाट असंवैधानिक कमदको विरुद्धमा उभिनु पर्ने अडान राखिरहेको छ।