ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रीपरिषद बैठक आज बेलुका बस्ने

नेपालगाथा २०७७ पौष १० गते शुक्रबार १३:१८:५३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका छन् । संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए ।

सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् । बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top