होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो । रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासमै वकिलहरूले प्रश्न उठाएका छन्। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाए। उनले इजलास गठन नमिलेको बताए।
त्रिपाठीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासलाई लिएर शंका गर्न नमिल्ने बताए। ‘तपाईं सधैँ संवैधानिक इजलासमा बहस गर्न आउने बरिष्ठ अधिवक्ताले यस्तो भन्न मिल्छरु यसरी प्रश्न गर्ने हो भने हामी सबै उठेर गए हुन्छ। त्यसपछि के हुन्छ ?’ राणाले भने। ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।