ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोग पुगे दाहाल-नेपाल

नेपालगाथा २०७७ पौष १० गते शुक्रबार १२:१९:२२ मा प्रकाशित

काठमाडौँ । कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध दाहाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए।

अहिले अरू प्रदर्शनकारीलाई प्रहरीले अगाडी जान निशेध गरिएको भन्दै जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्। आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top