होमपेज / राजनीति
काठमाडौँ । पूर्व माओवादी खेमाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल नेकपा विभाजन प्रक्रियामा केपी शर्मा ओली खेमामा लागेका छन् । बादल प्रधानमन्त्री ओली तर्फ लागे पनि उनका अरु सहयोगी भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमामा छन् । बादल एक्लै ओली तर्फ गएका हुन् । कतापट्टी लाग्ने भन्ने निर्णय गर्न चार दिन लगाएका उनी अन्ततः ओली तर्फ गएका हुन् ।
विस २०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजन हुँदा मोहन वैद्यसँगै गएका बादलले २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए। बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो । अहिले उनी आफ्ना सहयोगी नेता बिना नै ओली तिर गएका हुन् ।
पूर्व माओवादी र पूर्व एमाले मिलेर बनेको नेकपामा बादल समूहमा ३० भन्दा बढि केन्द्रीय सदस्य रहेको मानिन्छ । तर बादलसँगै ओली खेमामा भने उनीहरु गएनन् ।