होमपेज / राजनीति
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगभग एक घन्टा छलफल गरेका छन्।
प्रधानमन्त्रीलाई भेट्न बादल बुधबार बिहान बालुवाटार पुगेका हुन्। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली वा प्रचण्ड–नेपालसमूहमध्ये कुनैको भेलामा उपस्थित नभएका बादलले आज ओलीलाई भेटेका हुन्।बादललाई भेट्न प्रचण्ड पनि मंगलबार बिहान पुल्चोक पुगेका थिए। बादल निकट नेताहरुले भने उनलाई प्रचण्डलाई साथ दिन दबाब दिँदै आएका छन्।प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा के-के कुराकानी भयो भन्ने खुलाइएको छैन।