होमपेज / राजनीति
काठमाडौँ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ गर्दैछन्। सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचिमा संसद् विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएका छन्।
सर्वोच्च अदालतमा संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट परेका थिए। यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन्। गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन् ।