ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी शितल निवास पुगिन्

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार २०:१५:११ मा प्रकाशित

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास गएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका बीच राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन्। यद्यपि मंगलबारको भेटका लागि उनले पहिले नै समय लिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

नेकपामा विवाद उत्कर्षमा पुगेका बेला यसअघि पनि राजदूत याङ्छीको सक्रियता देखिने गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top