ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी ओलीले बनाए ११९९ जनाको केन्द्रीय कमिटी

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार १७:१८:३३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ११९९ जनाको केन्द्रीय कमिटी बैठक बनाएको दाबी गरेका छन्। उनले पुरानो केन्द्रीय कमिटी ४४७ जनाको भएको र त्यसमा ५५६ जना नयाँ सदस्य थपेको जानकारी आफूपक्षीय भेलामा बालुवाटारमा मंगलबार बिहान दिएका थिए।

उनले थप १९६ जना केन्द्रीय सदस्यहरुको नाम थप्न बाँकी रहेको पनि उल्लेख गरे। उनले पार्टी फुटतर्फ गएकाहरुप्रति पनि विचार गरेर ठूलो केन्द्रीय कमिटी बनाउनुपरेको जानकारी आफूपक्षीय भेलामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top