ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा सांसदहरु सर्वोच्चमा

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार १७:१२:३८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितका सांसद मंगलबार अपराह्न सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्दा पाँच वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उत्प्रेषणको आदेशबाट प्रतिनिधिसभा विघटन बदर गराउन माग गरिएको नेकपा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले बताए ।यसअघि नै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको माग गर्दै ११ वटा रिट दर्ता भइसकेका छन् भने एउटा रिट संवैधानिक इजलासमा पठाइएको छ । रिटहरुमाथिको पहिलो सुनुवाई बुधवार हुँदैछ ।

कानूनविद् समेत रहेका नेकपा नेता पोखरेलका अनुसार रिट निवेदनसँगै नेकपाको अध्यक्ष प्रचण्डको विज्ञप्ति र कांग्रेस तथा जसपाको विज्ञप्ति पनि समावेश गरिएको छ । त्यसले बहुमत सांसद विघटनको विपक्षमा रहेको पुष्टि हुने पोखरेलले बताए । रिट निवेदन लिएर गुरुङ र पोखरेलका साथै नेकपा नेताहरु शशि श्रेष्ठ र रामकुमारी झाँक्री अदालत पुगेका थिए । यसअघि बहुमत सांसदको हस्ताक्षरसहित अदालत जाने भनिए पनि त्यसो नगरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top