ट्रेण्डिङ

होमपेज / राजनीति

पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारियाे : ओली

बासु देब न्याैपाने २०७७ पौष ६ गते सोमबार १५:५४:२७ मा प्रकाशित

काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्नुभएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकेो सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरीएको थियो ।

प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न राष्ट्रको नाममा सम्बोधन गर्नु भएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए। सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top