होमपेज / राजनीति
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा सुरु भएको छ। भेलामा दाहाल र नेपालसहित सांसदहरु पुगेका छन्। वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि बैठकमा सहभागी भएका छन्।
दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसदहरु संसद भवनमा भेला भएका हुन्। यद्यपि गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म कार्यक्रममा पुगेका छैनन्। यसअघि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरुको भेला बालुवाटारमा बोलाएका थिए।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा स्थायी समिति बैठकले उनीमाथि अनुशासनको कारबाही गर्ने भएको छ।