होमपेज / राजनीति
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनका लागि सिंहदरबार पुगेका मानवअधिकारवादी नेता कृष्ण पहाडीसहितलाई प्रहरीले पक्राउ गरेको छ। असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनिधि सभा विघटन विरुद्ध मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनका क्रममा पहाडिलाई पक्राउ गरिएको हो।
प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजद्वारा आयोजित बिरोध प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, तथा काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनीलाई पक्राउ गरिएको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सोही क्रममा ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको समाजले जनाएको छ।