ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुध्द आन्दोलनका कार्यक्रम घोषणा गर्न आज दिउसो सर्वदलीय बैठक बस्दै

नेपालगाथा २०७७ पौष ६ गते सोमबार ०९:०३:०९ मा प्रकाशित

काठमाडौँ : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुध्द आन्दोलनका कार्यक्रम घोषणा गर्न आज दिउसो सर्वदलीय बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको हो ।

मंगलबार साँझ सिंहदरबारमा बसेको सत्तारुढ नेकपाको अध्यक्ष प्रचण्ड समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको बैठकले पनि आज कांग्रेसले बोलाएको सर्वदलीय बैठकबाट आन्दोलनको प्रारुप तयार पार्न सहमति गरेको थियो । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने सर्वदलीय बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको प्रारुप तयार पार्ने नेता बालकृष्ण खाणले जानकारी दिए ।

नेकपाको केपी शर्मा ओली समूह बाहेक सबै राजनीतिक दलहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै भ्रत्सना गरेका छन् ।दलहरुले संविधानको प्रतिकुलतामा सरकारले गरेका निर्णय सच्याउने दायित्व राष्ट्रपति विद्यादेवी भण्डारीको भएपनि त्यो काम गर्न भण्डारी चुकेको आरोपसमेत लगाएका छन् । ‘संविधानको प्रतिकुलतामा सरकारले गर्ने निर्णय सच्याउने दायीत्व राष्ट्रको अभिभावकका नाताले राष्ट्रपतिको हो । त्यो काम गर्न राष्ट्रपति चुकेको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ खाणले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top