ट्रेण्डिङ

होमपेज / राजनीति

स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटे

नेपालगाथा २०७७ पौष ५ गते आइतबार १३:४०:४६ मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद्‍बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्।

१ बजेका लागि बालुवाटारमा तय भएको नेकपा स्थायी समिति बैठकअघि नै दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेका हुन्। प्रधानमन्त्री ओलीले संसद विघटन र मध्यावधि चुनावको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए पनि शीतलनिवासबाट यसबारे औपचारिक जानकारी आइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top