होमपेज / राजनीति
सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवदाले उत्कर्षमा पुगेकै बेला विद्यार्थी संकगठन अखिल नेपाल विद्यार्थी यूनियन (अनेरास्ववियू) एकपक्षिय भेला सुर्खेतमा शुरु भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पषका विद्यार्थीहरुको कर्णाली प्रदेश स्तरिय भेला विरेन्द्रनगर सुर्खेतको एक होटलमा ११ बजेदेखि शुरु भएको हो ।
भेलामा ओली गुटलाई बलियो बनाउने र कर्णाली प्रदेशमा केही दिन अघि देखि शुरु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका गुटगत भेलालाक्षर्् काउण्टर दिन विद्यार्थीको भेला आयोजना गरेको भेलामा आयोजक विद्यार्थी नेताहरुले जानकारी दिए ।
पार्टी भित्रको आन्तरिक विवादले विभाजनको स्वरुप लिनै लागेको वेला कर्णाली प्रदेशमा पार्टीको गुट विद्यार्थी संगठनसम्म पुग्नुले नेकपा भित्रको विवाद थप चर्किदैं गएको विष्लेषण गरिएको छ । विद्यार्थी भेलाको संयाजन अनेरास्ववियूका संयोजक ऐन महर आफैले गरेको स्रोतले जनाएको छ ।
पूर्व एमालेले अंगिकार गरेको नीति जनताको बहुदलिय जनवादबारे पार्टी प्रशिक्षित गर्दै पार्टी भित्रको आप्mनो गुटलाई कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुने बताइएको छ । आज हुने भेलालाई संवोधन गर्न पार्टी केन्द्रबाट केही नेता र केही स्थानीय नेता समेत सहभागि हुने एक नेताले जानकारी दिए । ति नेताका अनुसार आजको भेलाबाट ओली समुहले कर्णालीमा आप्mनो गुटका भेला र बैठकको औपचारिक शूरुवात गर्नेछ ।
पार्टी भित्रको आन्तरिक विवादको शूरवात मानिएको कर्णाली प्रदेशमा केही दिनयता प्रचण्ड-नेपाल समुहलेसमेत विभिन्न चरणमा आप्mना गुटगत भेलाहरुको आयोजना गर्दै आएको छ ।