ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले फेरि बोलाएर संवैधानिक परिषद् बैठक

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १५:१३:५० मा प्रकाशित

काठमाडौँ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ संवैधानिक परिषद् बैठक बोलाएका छन्। यद्यपि बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने सहभागी नहुने कांग्रेस स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग गरेका थिए। यद्यपि अध्यादेश फिर्ता नलिई नै प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा जाने/नजाने स्षप्ट भइसकेको छैन।

संवैधानिक परिषद् बैठकपछि मन्त्रिपरिषद्को नियमित बैठक पनि बस्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top