ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिपक्ष कांग्रेसले भन्योः 'तत्काल संसद बैठक बोलाऊ'

नेपालगाथा २०७७ पौष १ गते बुधबार २०:१२:१५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताका साथै संसदीय फाटका नेताहरु सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने भोलीका लागि संसदीय दलको बैठक समेत बोलाएको छ ।

बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ । यस्तै बैठकले अस्ति मंसिर २९ गते देशभर भएको सरकार विरुद्धको प्रदर्शनको समीक्षा गरेको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top