ट्रेण्डिङ

होमपेज / राजनीति

ओली–प्रचण्ड बीच जुट्यो सहमति

भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति

नेपालगाथा २०७७ पौष १ गते बुधबार १७:२९:१४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध लगाइएको आरोपपत्र फिर्ता लिन सहमत हुनुभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग आज भएको बार्तामा प्रचण्डले सो सहमति जनाउनु भएको हो ।

अध्यक्षद्वयबीच दुवै प्रस्ताव खारेज गरी भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएको हो । प्रधानमन्त्रीबिरुद्ध आपत्तिजनक आक्षेपसहित पार्टी र सरकारबाट बिधानबिपरित बहुमतको आधारमा हटाउने खेल भएको र संबैधानिक परिषदको बैठकसमेत राख्न नसक्ने अवस्था सिर्जना गरेपछि सरकारको सिफारिशमा मंगलबार राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएको थियो । अध्यादेशसँगै विवादले उग्ररूप लिएको नेकपामा पुनः सहमतिको संकेत देखिएको छ । अध्यक्षद्वयबीचको यो सहमतिसँगै स्थायी कमिटी बैठक सुरु भएको छ ।

आजको स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो । दोस्रो छलफलमा अध्यादेशसँगै भदौ २६ यता भए/गरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिने सहमती जुटेको हो । ‘एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २६ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबिच सहमतिमा दुवै अध्यक्ष पुग्नुभएको छ,’ नेकपाका एक नेताले भने । ती नेताका अनुसार अब स्थायी कमितिबाटै यो सहमतिको कार्यान्वयन सुरु हुनेछ ।

स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो । छलफलमा स्थायी कमिटी बैठकमा सामुहिक प्रस्ताव लैजानेसमेत सहमति भएपछि दुवै अध्यक्ष सहभागी हुनुभएको छ । यसअघि प्रचण्डको आरोपपत्रमाथि हुने छलफलमा आफू सहभागी नहुने बटमलाइन प्रधानमन्त्री ओलीले सुनाउनु भएको थियो । आजको घटनाक्रमसँगै नेकपामा पुनः अध्यक्षद्वयको सहमतिकै आधारमा अघि बढ्ने बिधान ब्यवस्थामा फर्किने अवस्था बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top