ट्रेण्डिङ

होमपेज / राजनीति

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत,ओलीको सहभागितामा स्थायी कमिटी बैठक सुरु

बासु देब न्याैपाने २०७७ पौष १ गते बुधबार १६:३५:१० मा प्रकाशित

 मंगलबार राष्ट्रपतिबाट पारित संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्।यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ। 

  बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको दुई पटक छलफल भएको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बैठकमा सहभागी भएका हुन्। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top