होमपेज / राजनीति
काठमाडौँ । संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आक्रोश पोखेको छ। अध्यक्ष ओलीले आइतबार र मंगलबार बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका छन्।उनको अनुस्थितिलाई लिएर ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले आलोचना गर्दै सभामुखले आफ्नो गरिमा भुलेको आरोप लगाएका हुन्। थापाले सभामुख पार्टीभन्दा माथि हुने भए पछि त्यो भूमिका निर्वाह नगरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानत आयोजित संबैधानिक परिषदका दुई बैठक।
जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’ नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सापकोटा दाहालकै आग्रहमा बैठक नगएको बुझिएको छ। नेकपामा विवाद चर्केका बेला प्रधानन्त्री ओलीले एकलौटी रुपमा संवैधानिक निकायमा पदपूर्ति गर्न खोजे पनि प्रचण्डले सभामुखलाई अनुस्थित गराएर बैठक नै प्रभावित पारेका छन्।
सापकोटा परिषद्को बैठकमा उपस्थिन नभएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार दिउँसो संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेकी छिन्। उक्त अध्यादेशमा बैठकका लागि आवश्यक पर्ने गणपुरक संख्या घटाइएको र सभामुख उपस्थित नभए पनि बैठकले निर्णय लिन सक्ने प्रावधान राखिएको छ। परिषदको अर्को बैठक मंगलबार बेलुका ५ बजे बोलाइए पनि सभामुख सापकोटासहित विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन्।