ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार १७:२२:२२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । मंगलबार दिउँसो भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिक मन्त्रिपरिषद्‍को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ । आकस्मिक बसेको मन्त्रिपरिषद्‍ बैठकमा अध्यादेश बिउँत्याउने छलफल गरेको थियो । कृषिमन्त्री घनश्‍याम भुसालले अध्यादेशबारे बैठकमा कुनै छलफल नभएको झुटो दाबी गरे पनि मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top