ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् बैठक सकियो, नियमित कार्यसूचीमा छलफल

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार १४:२६:११ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । आजको बैठकमा नियमित विषयमा मात्रै छलफल भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । “आजको बैठकमा उल्लेख्य एजेन्डा थिएन । मन्त्रालयगत नियमित विषय मात्रै थिए,” उनले भनिन् । सामान्यत: मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्छ । हिजो नबसेकाले आजको बैठक बसेर नियमित कार्यसूचीमाथि छलफल गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top