ट्रेण्डिङ

होमपेज / राजनीति

सुतेको बाघलाई नजिस्क्याऊ : विश्वप्रकाश शर्मा 

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १५:४५:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनुसरह भएको बताए । हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि,” उनले भने, “महामारीका बेला सडकमा किन आउनुपर्‍यो ? हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।” उनले कोरोनाकै कारण आफूहरु सडकमा आउनुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top