होमपेज / राजनीति
काठमाडौँ । सरकारका काम कारबाहीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ता सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएका छन्। भेलालाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। पौडेलमाथि केही दिन पहिले तनहूँमा भएको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाही विरुद्ध कांग्रेसले सोमबार देशभर प्रदर्शन गरिरहेको छ।
पार्टीको झण्डासहित नेता, कार्यकर्ता र समर्थक जम्मा भइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरुसहित देशभर प्रदर्शन भइरहेको कांग्रेसले जनाएको छ। ७७ जिल्लामा हुने प्रदर्शनमा सक्रिय सहभागिताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र पक्षधरलाई अपिल गरेका छन् ।
सभापति देउवाले मकवानपुर , विमलेन्द्र निधिले भक्तपुर तथा प्रकाशमान सिंहले धनुषामा हुने प्रदर्शनको नेतृत्व तथा सम्बोधन गर्ने छन् ।