ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाए आगामी २८ गते संवैधानिक परिषदको बैठक

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार १७:११:१९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २८ गते संवैधानिक परिषदको बैठक बोलाएका छन्। आइतबार ९ बजे बोलाइएको बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने स्रोतले बतायो। संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन्।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। त्यस्तै निर्वाचन आयोगमा दुई आयुक्त र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top