ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

नेपालगाथा २०७७ मंसिर २३ गते मंगलबार १५:३२:१६ मा प्रकाशित

काठमाडौँ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ । । उनीहरुको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top