ट्रेण्डिङ

होमपेज / राजनीति

सकियो सर्बदलीय बैठक, संविधान बिरोधीबिरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

नेपालगाथा २०७७ मंसिर २३ गते मंगलबार १४:५७:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्बदलीय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठक तीन घण्टासम्म चलेको थियो । बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आहवान गर्नुभयो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाशशरण महत सहभागी हुनुहुन्थ्यो। त्यस्तै बैठकमा संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी हुनुहुनुहुन्थ्यो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top