होमपेज / राजनीति
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच सहमति बनाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । शनिबार सचिवालय बैठक सकिनासाथ विष्णु रिमाल र शंकर पोखरेलसँग घनश्याम भुसालले छलफल गरेका हुन् । त्यसपछि टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग पनि नेता भुसालले गरेका थिए ।
यसैबिच नेकपाको स्थायी कमिटि बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । दुवै अध्यक्षको प्रस्ताव पेश गर्दै स्थायी कमिटि बैठक केहीदिन स्थगनको तयारी भएको छ । प्रस्ताव पेश गरेर बैठक केही दिनलाई स्थगित गर्ने तयारी भएको स्थायी कमिटि सदस्य घनश्याम भुसाल र हरिबोल गजुरेलले संकेत गरेका हुन् ।