ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा विवाद सचिवालयले टुंगो लगाउन सकेन

सबै प्रस्ताव स्थायी कमिटीमा लगिने 

नेपालगाथा २०७७ मंसिर २० गते शनिबार १६:५४:२१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेपछि सबै प्रस्तावसहित स्थायी कमिटीको बैठकमा छलफल गरिने भएको छ । शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार एकबजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top