होमपेज / राजनीति
काठमाडाैं । पूर्व गृहमन्त्री तथा पञ्चायतकालीन नेता नैनबहादुर स्वाँरको ९४ वर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान काठमाडौंमा निधन भएको हो । पञ्चायतकाल (२०४० असार)मा सूर्यबहादुर थापाविरुद्ध अविश्वास प्रस्ताव आउँदा उनलाई साथ दिने ‘सत्र भाइ’मध्ये एक थिए। उनी पञ्चायतकालभरि थापा नजिक रहे। थापाविरुद्ध अविश्वास प्रस्तावकै पक्षमा धेरै मन्त्रीले मतदान गरी ‘मुसा प्रवृत्ति’को शुरुआत गरेका थिए। दरबारले दबाब दिंदा दिँदै पनि स्वाँर भने थापाकै पक्षमा उभिएका थिए ।
स्वार पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य, राष्ट्रिय पञ्चायत अध्यक्ष र २०३६ देखि २०४० असारसम्म सूर्यबहादुर थापा मन्त्रिपरिषदमा शक्तिशाली मन्त्रीका रुपमा क्रियासिल थिए। २०४६ आन्दोलन चर्केपछि अन्तिम समयमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा निर्मित चार सदस्यीय मन्त्रिपरिषदकाे एक सदस्य स्वाँर थिए। पञ्चायतकालभरि सुदूरपश्चिमका स्थापित नेतामध्येका एक मानिन्थे। राणाकालमै गणेशमान सिंहबाट कांग्रेस सदस्यता लिएका स्वाँर पछि गोरखा परिषदतिर लागेका थिए। उनलाई माथिल्लो सभामा सदस्य बनाईएको थियो। प्रजातन्त्र आएपछि केही वर्ष मौन रहे। २०२० मा मात्र पञ्चायत प्रवेश गरेका हुन् ।
२०२० सालमा कैलालीमा प्रधानपञ्च, कैलाली जिल्ला पञ्चायत सभापति भए। त्यसपछि उनी २०२४, २०२८ र २०३८ मा राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भए। उनी २०२५ असोजको मन्त्रिपरिषद् हेरफेरमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। पञ्चायतकालमा सहायकमन्त्रीबाट पदीय हैसियत प्रदान गर्ने चलन थियो। तर स्वाँरले सहायक मन्त्री हुन मानेनन्, उनलाई भूमिसुधार राज्यमन्त्रीको नियुक्ति मिलेको थियोे ।