होमपेज / राजनीति
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । धुम्बाराहीमा बस्ने भनिए पनि बैठक अन्ततः प्रधानमन्त्री निवास बालुवाटारमै सुरु भएको हो । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए । सोही बैठकमा अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने तय गरिएको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिम र सुरक्षा जोखिमका कारण प्रधानमन्त्री ओलीले आफू धुम्बाराही जान नसक्ने बताएपछि बैठक बालुवाटारमै सुरु भएको हो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा जोखिम हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको भनिए पनि जोखिम कहाँ र कुन रुपमा आएको भन्ने खुलाइएको छैन ।