होमपेज / राजनीति
काठमाडौँ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शनिबार केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्ने नेताहरुले दाबी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा ओली निकट नेता ईश्वर पोखरेलले असन्तुष्ट समूहका नेता बामदेव गौतमलाई भेटेका छन्।
नेता गौतमलाई भेट्न उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल शुक्रबार गौतम निवास भैँसीपाटीमा पुगेका हुन्। गौतका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले नेता गौतम र पोखरेलबीच भेट भएको पुष्टि गरेपनि उनीहरुबीच व्यक्तिगतबाहेक पार्टी र सरकारबारे कुनै पनि कुरा नभएको देशसञ्चारलाई बताए।
ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको समिकरणमा महत्वपूर्ण भूमिका रहेका गौतमलाई नेता पोखरेलले सचिवालय बैठकको पूर्वसन्ध्यामा भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।